नेभिगेसन मेनु

'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ': मेयर बालेन्द्र
सम्पादक:南亚网络电视
समय:2024-04-28 13:59

1693487982_balen-1200x560

काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूलाई निःशुल्क उपचारको सेवा उपलब्ध गराउने बताएका छन्।

उनले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएमा सेवा उपलब्ध गराउने बताएका हुन्।

उनले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन्। त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ। तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला।’

उनले काठमाडौँ महानगर स्वास्थ्य विभागको ११८० नम्बरमा सेवाका लागि सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर