मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् । कोरला स्थित २४ नं पिल्लर देखि पश्चिम २३ नं पिल्लरसम्म करिब दुई किलोमिटर सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा पैदल गस्ती गरेका छन् । यस सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनिकरणको लागि संयुक्त पैदल गस्ती गरिएको हो ।
उक्त गस्तीमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनकोतर्फबाट लिजी प्रहरी कार्यालयका ८ जनाको टोली सहभागि थिए।
हेर्नुहोस् गस्तीका केही तस्बिरहरु :
तस्बिर सौजन्य : नेपाल प्रहरी