नेभिगेसन मेनु

संसद बैठक बिहान, अधिवेशन अन्त्य मध्यरातमा
सम्पादक:南亚网络电视
समय:2024-04-14 12:54

bicc_0LXWTpMlsZ

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने, सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेलगायत कार्यसूची छन् ।

तर, चालु हिउँदे अधिवेशन अन्त्यका लागि क्याबिनेट बैठकले अस्ति शुक्रबार अपरान्ह निर्णय गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिने उल्लेख छ ।

विपक्षी नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । पछिल्लो केही सातादेखि अवरुद्ध संसद बैठक आज बिहान बोलाइए पनि मध्यरातदेखि अन्त्य हुँदै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर