नेभिगेसन मेनु

सडक सञ्जाल जोडिएपछि ढुवानी सहज
सम्पादक:南亚网络电视
समय:2024-04-14 11:58

dhuwani

वैशाख २ गते । हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ । दक्षिणी हुम्लाको सर्केगाड गाउँपालिका–६, खानीखेतसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण ढुवानी सहज भएको हो । 

लिमिटेडको हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पहिलो पटक जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी भएको बाउनुभयो । यसको मुख्य श्रेय दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएकोलाई जान्छ । 

यसै आर्थिक वर्षभित्र ढुवानी गर्ने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्विन्टल खाद्यान्न थप गरेको छ । जिल्लामा खाद्यान्न समस्या हुन नदिन समयमै थपिएको कोटाको खाद्यान्न ढुवानी गर्ने कार्यसमेत लिमिटेडले सुरु गरेको हो । 

लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पैदल मार्गबाट ढुवानी गर्ने गरी तीन हजार क्विन्टल खाद्यान्न लिमिटेड केन्द्रले थपेको बताउनुभयो । सो खाद्यान्न राजापुर, सुर्खेत र नेपालगन्जबाट ढुवानी गरिने छ । 

यसअघि धनगढीसहित चार स्थानबाट चार हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा सो खाद्यान्न हालसम्म तीन हजार ७४५ क्विन्टल खाद्यान्न ढुवानी भइसकेको र अब बाँकी २५५ क्विन्टल मात्र बाँकी रहेको छ । अघिल्लो वर्षसम्म पैदल मार्गबाट आधा मात्र ढुवानी हुन्थ्यो तर अहिले सडक सञ्जाल जोडिएपछि सजिलो भएको छ । 

लिमिटेडको शाखाको गोदाममा हालसम्म पैदल र हवाईमार्गबाट ढुवानी भएर आएको खाद्यान्नमध्ये पाँच हजार ५०४.४८ क्विन्टल मौज्दात रहेका छन् । यसअघि चैतसम्म यति धेरै खाद्यान्न मौज्दात हुँदैनथ्यो । निमित्त प्रमुख आचार्यले चैतसम्म खाद्यान्न बिक्री गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । 

जिल्लाका लागि हवाई मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणमा रहेको छ । यस वर्ष हवाई मार्गमार्फत नेपालगन्जबाट चार हजार र सुर्खेतबाट छ हजार क्विन्टल खाद्यान्न कोटा थियो । हवाईमार्गको सबै खाद्यान्नमध्ये एक हजार एक सय क्विन्टल ढुवानी हुन बाँकी छ । 

काठमाडौँबाट रसुवा हुँदै केरुङ नाकाबाट चीनको तिब्बती मार्ग भएर आउने चार हजार क्विन्टल खाद्यान्न बाँकी रहेको छ । यो खाद्यान्न ढुवानीका लागि सप्लायर्स छनोट भइसकेको र ढुवानी गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । आगामी जेठसम्म सो खाद्यान्न ढुवानी भइसक्ने लिमिटेडको शाखाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर