नेभिगेसन मेनु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
सम्पादक:南亚网络电视
समय:2024-04-12 12:02

jokh-bahadur-mahara-(1)

चैत ३० गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ । 

लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको थियो ।

महरालाई गठबन्धन दल एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४जना, जसपाका ३ जना, नेकपा एस १ र स्वतन्त्र सांसद खड्का बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । त्यसै गरी विपक्षीमा नेपाली काँग्रेसका २७ जना, राप्रपा र लोसपाका ३÷३ जना प्रदेशसभा सदस्य रहनुभएको छ । राप्रपामा ४ जना मध्ये १ जना निलम्बनमा परेपछि ३ जना संसद् रहनुभएको छ । 

मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी रहेको छ । मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बन्नुभएका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई कुनै जिम्मेवारी तोकिएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर