नेभिगेसन मेनु

खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-04-12 11:57

current-karent

चैत ३० गते । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ । 

चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो । पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते हुनुभएको थियो । 

उहाँको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याएको केही बेरमै चालकलाइ मृत घोषणा गरेको सर्लाही प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर