नेभिगेसन मेनु

वन क्षेत्रमा दिनहुँ डढेलो
सम्पादक:南亚网络电视
समय:2024-04-11 11:47

2222

चैत २९ गते । पछिल्लो समय रुकुमपश्चिमका विभिन्न स्थानमा दिनहुँ आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षति भएको बताइन्छ । डिभिजन वन कार्यालय रुकुमपश्चिमका अनुसार चैत महिनाको पहिलो सातापछि दिनहुँ जसो आगलागीका घटना भइरहेका छन् । 

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले चैत महिनाको पछिल्लो १९ दिनमा विभिन्न २२ स्थानमा डढेलो लागेको जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीयाम सुरु भएयता रुकुमपश्चिमका २७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । त्यसमध्ये चैत महिनामा मात्रै २२ स्थानमा डढेलो लागेको हो ।

पुरानो खर जलाएमा नयाँ घाँसको पालुवा पलाउने भन्ने गलत अभ्यास गाउँमा रहेको र बाटोमा हिँड्ने बटुवाले चुरोटको ठुटा जथाभाबी फाल्दा आगलागीका घटना हुने गरेको बताइन्छ । डढेलोबाट करिब ५५० हेक्टर क्षेत्रफलमा लगाइएका विभिन्न प्रजातिका बोटबिरुवा क्षति भएको डिभिजन प्रमुख परियारले जानकारी दिनुभयो ।

सबैभन्दा बढी जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिका र बाँफीकोट गाउँपालिकाको क्षेत्रमा डढेलोका घटना भएका छन् । मुसीकोट र बाँफीकोटका १२/१२ वटा स्थानमा डढेलो लागेको छ । सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको वन क्षेत्रमा पनि डढेलोका घटना भएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार बढी मात्रामा सामुदायिक वन क्षेत्रमा डढेलो लागको छ । केही राष्ट्रिय वन र निजी खर क्षेत्रमा पनि डढेलो लागेको छ । डढेलोबाट हालसम्म सात हजार बढी विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको बताइन्छ । 

नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालयका कर्मचारी, वनका उपभोक्ता मिलेर डढेलो नियन्त्रणमा लिने गरिएको छ । सानीभेरी गाउँपालिका–३ को गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रमा फैलिएको डढेलो तीन दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यस क्षेत्रबाट मौराखारा वन क्षेत्रमा डढेलो फैलिएकाले सतर्क रहन र आफ्नो धनमालको सुरक्षा गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । वनमा डढेलो अत्यन्तै ठुलो भएकाले डिभिजन वनका कर्मचारी, प्रहरी र स्थानीयवासीसमेतले प्रयास गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताइएको छ । 

टहरामा आगलागी

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–५, घोरनेटीका चन्द्रकला घर्तीको अस्थायी टहरामा आगलागी भएको छ । वडाध्यक्ष रनबहादुर पुनका अनुसार मङ्गलबार बेलुका खाना पकाउने क्रममा चलेको हावाहुरीका कारण टहरामा आगो सल्केको हो । कात्तिक १७ को जाजरकोट भूकम्पका कारण घर क्षति भएपछि घर्तीको सात जनाको परिवार अस्थायी टहरामा बस्दै आएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । आगलागीबाट टहरासहित त्यसमा रहेका अन्नपात, लत्ताकपडा, नागरिकता, जन्मदर्तालगायतका कागजात, करिब दुई लाख बराबरको सामग्री जलेर नष्ट भएको बताइन्छ । 

आगलागीपीडित घर्तीको परिवारलाई वडा कार्यालयले तत्कालका लागि एक बोरा चामल, एक पेटी तेल, पाँच किलो दाल, पाँच पोका नुन सहयोग गरेको जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर