नेभिगेसन मेनु

सुदूरपश्चिम मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व
सम्पादक:南亚网络电视
समय:2024-03-12 12:44

Kichalo-222

फागुन २९ गते । सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषद्मा कैलाली जिल्लाका प्रदेश सभा सदस्यको वर्चस्व देखिएको छ । राजनीतिक उतारचढावसँगै प्रदेश मन्त्रीपरिषद्मा भएको फेरबदलमा कैलाली जनप्रतिनिधिको वर्चस्व रहेको छ ।

सात सदस्यीय मन्त्रीपरिषद्मा कैलालीको मात्रै छ जना प्रदेश सभा सदस्य रहनुभएको छ । यही शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का तीन र नेकपा (एकीकृत समाजवादी) का एक गरेर चार मन्त्रीलाई पदमुक्त गरेपछि उहाँले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । नियुक्त गरिएका तीनै मन्त्री कैलालीकै हुनुहुन्छ । 

यसअघिको नौ सदस्यीय मन्त्रिमण्डलमा पनि कैलालीको पाँच र पहाडी जिल्लाबाट चार जनाको प्रतिनिधित्व रहेको थियो । आर्थिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट पहाडी जिल्ला बैतडीवासी हुनुहुन्छ । त्यसै गरी तत्कालीन आर्थिक मामिलामन्त्री नरेशकुमार शाही (बाजुरा), झपटबहादुर साउद (अछाम) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गीतादेवी माल डडेलधुरा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि रहनुभएको थियो । 

पछिल्लो पटक पुनर्गठित मन्त्रीपरिषद्मा भने आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टबाहेक मुख्यमन्त्रीसहित सबै मन्त्री र राज्यमन्त्री कैलालीबाट प्रतिनिधित्व गर्नुहुन्छ । मुख्यमन्त्री शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी हुनुभएको थियो । यसै गरी भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा कैलाली क्षेत्र नम्बर ५ (ख), आर्थिक मामिलामन्त्री घनश्याम चौधरी कैलाली क्षेत्र नम्बर ३ (क), भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

बिनाविभागीय मन्त्री खुसीराम डङ्गौरा थारू कैलाली क्षेत्र नम्बर ३ (ख) र भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरी कैलालीको धनगढीवासी हुनुहुन्छ । उहाँ नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक प्रदेश सभा सदस्य बन्नुभएको थियो । 

छ मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय नेतृत्वविहीन रहेको छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व भएपछि भौगोलिक रूपमा असमावेशी भएको भन्दै प्रदेश सरकारको आलोचना गर्न थालिएको छ । 

सुदूरपश्चिम प्रदेशको वर्तमान सरकार विवादित सरकार रहेको डोटीबाट प्रतिनिधित्व गर्नुहुने नेकपा (एमाले) का प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले बताउनुभयो । “यसमा तराई तथा पहाडी जिल्लाको प्रतिनिधित्व भएको भन्दा पनि यो सरकारै विवादित सरकार हो,” उहाँले अगाडि थप्नुभयो, “यो सरकार कुन प्रवृत्तिबाट बनेको छ भन्ने कुरा सबैलाई छर्लङ्गै छ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर