नेभिगेसन मेनु

विषाक्त आहारले मरे गिद्ध
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-20 13:30

Untitled-1 (1)

फागुन ८ गते । नवलपुरको कावासोती–११ स्थित लोकाहा खोला किनारमा लोपोन्मुख प्रजातिका छ वटा गिद्ध मरेका छन् । चारवटा डङ्गर र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको छ । अर्को मृत गिद्ध कुन प्रजातिको हो 

खुलेको छैन । जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार एउटा सुन गिद्ध र छ वटा डङ्गर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । बिरामीमध्ये एउटा डङ्गर गिद्धको अवस्था गम्भीर छ । मरेको स्यालको सिनो खाएर गिद्ध मरेको बताइन्छ । उहाँका अनुसार गिद्ध मरेको स्थानमा दुई वटा मरेको स्यालको सिनोसमेत फेला परेको छ । विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाँदा गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मङ्गलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचारपछि जटायु रेस्टुरेन्ट लगेर उपचार गरिने जनाइएको छ । यसअघि नवलपुरको कावासोती–३ को केरुङ्गे खोला आसपासका क्षेत्रमा विशाक्त आहारका कारण गत चैत २९ गते १७ वटा गिद्ध मरेका थिए । अहिलेसम्म भेटिएका घटनामा घरपालुवा जनावर गाई, कुकुर आदिको विषाक्त मासु (सिनो) खाएर गिद्ध मर्ने गरेका पाइएको छ । जङ्गली जनवारको मासु खाएर गिद्ध मरेको घटना नेपालमै यो पहिलो भएको जटायु अभियन्ताले बताएका छन् । 

जिल्लामा जङ्गली जनावर स्याल, भुस्याहा कुकुर आदि मार्न स्थानीयले विषादी प्रयोग गर्ने र उक्त विषादी खाएर मरेको जनवारको मासु (सिनो) खाँदा गिद्ध मरेको हुन सक्ने जनाइएको छ । उद्धारस्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले यस विषयमा अनुसन्धान भइरहेको र कसैले स्याललाई विषाक्त आहार खुवाएर मारेको पाइए कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । कावासोती नगरपालिकाको पिठौली आसपासका क्षेत्रमा प्रकृतिका कुचीकार गिद्ध संरक्षणका लागि जटायु रेस्टुरेन्ट नै सञ्चालन गरिएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर