इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।
संविधानसभा चुनावका बेला २०६४ सालमा रौतहटमा मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटले जनाएको छ।
उनीमाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेको छ। उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्रीसमेत हुन्।