नेभिगेसन मेनु

पर्यटन बोर्डले मनायो २५ औँ स्थापना दिवस
सम्पादक:南亚网络电视
समय:2024-01-01 14:19

IMG_0414

एस् ए टि भी, पौष १६। नेपाल पर्यटन बोर्डले २५ औं स्थापना दिवस मनाएको छ। बोर्डले आइतबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो। प्रत्येक वर्ष डिसेम्बर ३१ मा नेपाल पर्यटन बोर्डले स्थापना दिवस मनाउँदै आएको छ।

नेपाल पर्यटन बोर्ड नेपाल सरकार र निजी क्षेत्रको पर्यटन उद्योगबीच साझेदारीको रूपमा सन् १९९८ मा संसद्को ऐनद्वारा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास र बजारीकरण गर्न स्थापना भएको नेपालको राष्ट्रिय पर्यटन सङ्गठन हो । बोर्डले सरकारको प्रतिबद्धतालाई निजी क्षेत्रको गतिशीलतासँग एकीकृत गरी नेपालको पर्यटन क्षेत्रको नेतृत्वकर्ताको रूपमा काम गर्दै आएको छ।

IMG_0768

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीहरुको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताउनु भयो।

IMG_0463

त्यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपाललाई एक आकर्षक पर्यटकीय स्थलको रूपमा अन्तराष्ट्रिय जगतमा परिचित गराउन नेपाल पर्यटन बोर्ड सदैव प्रतिबद्ध रहेको बताउनु भयो। 

बोर्डले नेपालकाे पर्यटन प्रवर्द्धनका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्दै नेपालको छवि उकास्ने काम गरिरहेको छ। यसले पर्यटन क्षेत्रको विकास र नियमन समेत गर्दै आएको छ।

Image_20240101105127

कार्यक्रममा बोर्डका उत्कृष्ट कर्मचारीलाई सम्मानित गरेको छ । त्यसैगरी पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रमुख एवम पदाधिकारीहरूलाई पनि सम्मानित गरेको छ । पर्यटनको विकास र प्रवर्द्धनमा योगदान दिएका व्यक्तिहरूलाई पनि कदर पत्रसहित सम्मानित गरेको छ । कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रमुख, पदाधिकारी एवम् पर्यटन व्यवसायी र विज्ञहरूको उपस्थिति थियो ।

त्यसैगरी आइतबारनै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आफ्नाे २५ औँ स्थापना दिवस मनाएकाे छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर