नेभिगेसन मेनु

मदन पुरस्कार विजेता पूर्वडिआइजी शाह भ्रष्टाचारमा दोषी ठहर
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-28 13:15

maheshbikram2023-12-28-08-14-43

‘छापामारको छोरो’ पुस्तकका लागि ०६३ मा मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाह प्रहरी जवानहरूको तलब–भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

मध्यक्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत छँदा कार्यालय प्रमुख रहेका शाहले सइ दीपेन्द्रप्रसाद पनेरूसँग मिलेर दुई सय ४५ जवानको (प्रशिक्षार्थीसमेत) तलब–भत्तामा ३३ लाख ३८ हजार ८४ रुपैयाँ हिनामिना गरेको ठहर भएको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा उनीहरूले एक सय तीन जवानको ०७२ माघ र फागुनको तलब–भत्ताबाट ३१ लाख ८८ हजार ४६८ रुपैयाँ हिनामिना गरेका थिए । प्रहरी प्रधान कार्यालयले माघको तलब–भत्ता पाउने गरी ११ माघ ०७२ मा ती जवानको सरुवा गरेको थियो ।

त्यस्तै, एक सय ४२ नयाँ प्रशिक्षार्थी जवानको तलब–भत्तामा एक लाख ४९ हजार ६१६ रुपैयाँ हिनामिना गरेका थिए । ती जवानको ३ माघ ०७२ बाट तलब–भत्ता पाउने गरी नियुक्ति भएकोमा शाह र पनेरूले १ माघदेखिकै तलब–भत्ता निकालेर मासेको ठहर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह र पनेरूसँगै दुधौली तालिम केन्द्रकै तत्कालीन लेखा सहायक प्रहरी हवल्दार केशवसिंह ऐरी र जिल्लाको कोष तथा लेखानियन्त्रक कार्यालयका तत्कालीन लेखापाल सञ्जीव बिसंखेलाई पनि प्रतिवादी बनाएर २० फागुन ०७६ मा विशेषमा मुद्दा दायर गरेको थियो । झन्डै चार वर्षपछि आएको फैसलामा ऐरी र बिसंखेले भने सफाइ पाएको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर