नेभिगेसन मेनु

प्रधानमन्त्रीले आज देशको अर्थतन्त्रबारे निजी क्षेत्रसँग छलफल गर्ने
सम्पादक:南亚网络电视
लेखक:थाहा खबर
समय:2023-11-21 12:06

puspakaml-dahal-prachanda_W8BRDHmq5R

काठमाडौं : मुलुकको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार निजी क्षेत्रसँग सुझाव लिने भएका छन्। 

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्न लागेका हुन्। निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि  सिंहदरबारमा डाकेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यद्यपि छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत अर्थसम्बन्धी सरकारी निकायका प्रतिनिधि पनि सहभागी हुने उनले जानकारी दिए। ‘प्रधानमन्त्रीले निजी क्षेत्रलगायत सरोकारवाला पक्षसँग अर्थतन्त्रबारे छलफल गर्न लाग्नुभएको हो’, आचार्यले भने।

यसअघि प्रधानमन्त्री दाहालले सोमबार अपराह्न बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए।

हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेको र त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले जानकारी दिए। यही विषयमा मंगलबार प्रधानमन्त्रीले निजी क्षेत्रसँग पनि छलफल गर्न लागेको महतले जानकारी दिए।

‘आन्तरिक संरचनामा के उपलब्धि भयो?, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौँ? भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागेका हौँ’,अर्थमन्त्री महतले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर