नेभिगेसन मेनु

थारु कल्याणकारिणी सभाको सभापतिमा चौधरी विजयी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 13:57

zdgjhxh

धनगढी, असोज १४ गते । थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी विजयी हुनुभएको छ । 

नागरिक समाजका अगुवा एवम् अभियन्ता दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी उहाँ सभापतिमा निर्वाचित हुनुभयो । विजयी हुनुभएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गर्नुभयो । 

त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनीराम चौधरी र १५६ मतका साथ लक्ष्मण चौधरी विजयी हुनु भएको छ । तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला हुनुपर्दछ । महिला उपसभापतिमा सुस्मिता चौधरी यसअघि नै निर्विरोध चयन भइसक्नुभएको छ । उपसभापतिका उम्मेदवार बतासु चौधरी र मानबहादुर चौधरी पराजित हुनुभयो । 

सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी हुनुभयो । अधिकारकर्मी वसन्ती चौधरीलाई पराजित गरी उहाँ विजयी हुनु भएको हो । पराजित चौधरीले १४३ मत प्राप्त गर्नुभयो । यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्यप्रयासी चौधरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी सुनीता चौधरीले १३६ मत प्राप्त गर्नुभयो । यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो । अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि शनिवार निर्वाचन गरिएको हो । 

थारु समुदायको विशुद्ध हक अधिकारका लागि स्थापित सो संस्थाको अधिवेशनमा राजनीति हाबी भएको थियो । राजनीतिक आस्थाका आधारमा उम्मेदवार खडा गरिएपछि सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास विफल भएको थियो । निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका रहेको बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर