नेभिगेसन मेनु

लहानमा राष्ट्रिय वाणिज्य बैंकको आफ्नै भवन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 17:01

banijya2023-09-26-11-11-10

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिराहाको लहानको शाखा कार्यालय आफ्नै नवनिर्मित भवनमा सारेको छ । बैंकले लहान नगरपालिका वडा नम्बर ६ को गणेशचोकमा भवन निर्माण गरेर त्यहीँबाट सेवा दिन सुरु गरेको हो । 

नवनिर्मित भवनको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेको जनाइएको छ । उद्घाटनपछि मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले रावा बैंकसँग सहकार्य गर्ने बताउँदै बैंकमार्फत किसानलाई अनुदानसमेत दिन तयार रहेको उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले रावा बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै व्यवसायीलाई रावा बैंकसँग व्यावसायिक कारोबार गर्न आग्रह गरे । विपन्नवर्गको सशक्तीकरणका लागि विनाधितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए । बैंकले हाल ७७ वटै जिल्ला सदरमुकामसहित देशभरमा दुई सय ८४ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर