नेभिगेसन मेनु

कोरोनाका कारण ३ वर्ष पछि ‘नाडा अटो शो ’, विभिन्न कम्पनीहरूको उत्साहजनक सहभागिता
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-12 19:07

IMG_2203

प्रदर्शनीको उद्घाटनमा रिबन काट्नु हुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर: विशाल श्रेष्ठ / एस ए टी भी

काठमाडौ, भदौ २६ गते। तीन वर्षपछि ‘नाडा अटो शो २०२३’ काठमाडौंमा आज देखि सुरु भएको छ। हरेक वर्ष हुने नाडा अटो शो कोरोना महामारीका कारण सन् २०१९ यता हुन सकेको थिएन। भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शोमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नु भएको हो।

भदौ ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शो सवारी साधन, पार्ट पूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनीको १५औं संस्करण हो। अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दै छन् भने केहीले हालै सार्वजनिक गरेका गाडी प्रदर्शनीमा राख्ने छन्। अटो शोमा १२० वटा स्टल रहका छन्। जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस्, पार्टस्, ब्याट्री लगायतका उपकरणहरू  रहनेछन्।

IMG_2219

नाडा शोमा गाडीको पहिलो दृश्य सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री। तस्बिर: विशाल श्रेष्ठ / एस ए टी भी

चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ। नाडा अटो शोमा प्रवेशका लागि २०० रुपैयाँ टिकट तोकिएको छ। विद्यार्थीले भने १५० रुपैयाँमै टिकट पाउनेछन्। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भएको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्। हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्छ। हालको अवस्थामा नाडा अटो शोले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ।

IMG_2229

यो सँगै नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना भइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराएको आयोजकले विश्वास लिएको छ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले भनाइ रहेको छ।

IMG_2335

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ। आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सुसूचित गराउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहनेछ।

IMG_2194

६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर