नेभिगेसन मेनु

एसिसी एसिया कप फाइनल आज : बलियो भारतलाई श्रीलंकाको चुनौती
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-17 15:45

cricket-final2023-09-17-07-04-22

श्रीलंकाले एसिसी एसिया कप २०२३ को उपाधिका लागि घरेलु मैदानमा बलियो भारतको सामना गर्दै छ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३:१५ बजे हुने फाइनलमा भारत र श्रीलंकाबीचको फाइनल रोमाञ्चक हुने अपेक्षा छ । भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको थियो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भयो । 

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो । श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ । भारत र पाकिस्तानबीचको सुपर फोरको खेल रिजर्भ डेमा खेलाइएको थियो । 

प्रतियोगितामा रोहित शर्माको कप्तानीमा रहेको भारत नै उपाधिको मुख्य दाबेदार मानिएको थियो । भारतले पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्यासहित पाँच खेलाडीलाई बंगलादेशविरुद्धको खेलमा विश्राम दिएको थियो । यी दुवै खेलाडी उपाधि भिडन्तमा खेल्नेछन् । बंगलादेशविरुद्ध खेलमा घाइते भएका अक्षर पटेलको स्थानमा स्पिनर वासिंगटन सुन्दर खेल्ने सम्भावना छ । श्रीलंकाका महेश थिक्क्षना पनि घाइते हुँदा फाइनल खेल गुमाउनेछन् । 

पाँच वर्षपछि उपाधि जित्ने मौका

भारत पाँच वर्षपछि उपाधि जित्ने योजनामा छ । पछिल्लो पाँच वर्षयता भारतले कुनै पनि फर्म्याटमा उपाधि जितेको छैन । भारत आठपटक विजेता बन्न चाहन्छ । श्रीलंका सातौँपटक च्याम्पियन बन्ने योजनामा छ । भारतले सन् २०१८ मा युएईमा भएको एसिया कप उपाधि जितेको थियो । सन् २०१८ पछि भारतले आइसिसीले आयोजना गर्ने पाँच र एसिसीले आयोजना गर्ने एक प्रतियोगिता खेलिसकेको छ । तर, भारतले विश्व क्रिकेटमा पछिल्लो पाँच वर्षयता कुनै उपाधि जित्न सकेको छैन । सन् २०१३ मा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन्स ट्रफी जितेको थियो । भारतले सन् २०१३ पछि दुई फरक प्रतियोगिता खेल्न थालेको हो । भारतले पछिल्लो १० वर्षमा १३ प्रतियोगिता खेलिसकेको छ । जसमा दुईपटक मात्रै एसिया कप जितेको छ । 

१०औँ पटक फाइनल खेल्दै

भारत एकदिवसीय एसिया कपमा १०औँ पटक फाइनल खेल्दै छ । यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतको पोल्टामा छ । भारतले सन् २०१६ मा भएको टी–२० एसिया कपको उपाधि जितेको थियो । भारतले नौमध्ये आठपटक श्रीलंका र एकपटक बंगलादेशविरुद्ध फाइनलमा प्रतिस्पर्धा गरेको हो । युएईमा भएको सन् १९८४ को पहिलो एसिया कप भारतले नै जितेको थियो । 

भारत र श्रीलंकाबीच २०औँ फाइनल

भारत र श्रीलंकाबीच समग्रमा २०औँ पटक फाइनल खेलमा प्रतिस्पर्धा हुँदै छ । दुवैले आइसिसी र एसिसीका फरक प्रतियोगितामा १९ पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीले समान ९ पटक जित हासिल गरेका छन् । एक खेलमा भने कुनै नतिजा आएको छैन । सन् २००२ मा भएको च्याम्पियन्स ट्रफी दुईपटक खेलाइएको थियो । दुवै पटक वर्षाले खेल रोकिँदा नतिजा अनिर्णीत बनेको हो । पछिल्लोपटक दुईबीच सन् २०१४ मा प्रतिस्पर्धा भएको थियो । टी–२० फर्म्याटमा फाइनलमा ६ विकेटको जित निकालेको थियो । 

भारत सर्वाधिक विजेता

एसिया कप इतिहासमा सर्वाधिक सातपटक उपाधि जित्ने एक्लो टोली भारत हो । एकदिवसीय र टी–२० फर्म्याट गरी भारतले कुल सातपटक उपाधि जितेको छ । टी–२० उपाधि एकपटक हात पारेको छ । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको छ । भारतपछि दोस्रो स्थानमा श्रीलंका छ । श्रीलंकाले ६ पटक उपाधि जितेको छ । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको हो । पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर