नेभिगेसन मेनु

पुजारी माथी आक्रमण, के हुँदैछ नेपालमा सांस्कृतिक द्वन्दको सुरुवात ?
सम्पादक:南亚网络电视
समय:2023-09-08 16:02

Pujari_Rautahat

बिहिवार राति करिब ११ बजे रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि संघातिक आक्रमण भएको छ। दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलमा रहेको रामजानकी मन्दिरका पुजारीमाथि संघातिक आक्रमण भएको हो।

गएराति पुजारी साधु मिश्रीलाल साहलाई अज्ञात व्यक्तिले टाउनकोमा धारिलो हतियार प्रहार गरेर फरार भएका थिए। साधु साहको टाउकोमा गहिरो चोट लागेको छ।

पुजारीको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित बागमती हस्पीटलमा भइरहेको जनाइएको छ। टाउकोमा टांका लगाइएको छ भने उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।

यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर