नेभिगेसन मेनु

लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नु पर्छ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-20 11:49

aaraju

फूलबारी (कैलाली), भदौ ३ गते । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। 

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेतृ देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न  गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो। 

उहाँले देशको विकास निर्माण गर्न र भ्रष्टाचार नियन्त्रणमा कांग्रेसले महत्वपूर्णा भूमिका  निर्वाह गरेको बताउनुभयो। “युवाहरूले सकारात्मक सोचका साथ आगडि बढ्नु पर्छ, सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र केही परिवर्तन हुने वाला छैन’’ उहाँले भन्नुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर