नेभिगेसन मेनु

छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
सम्पादक:南亚网络电视
समय:2023-07-11 13:45

jailed

दैलेख, असार २६ गते । जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला  गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।

०७९ चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते नै भएको थियो ।

फैसला तीन लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा पीडकबाट भराउनेसमेत उल्लेख गरिएको छ ।  

बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

सोमवार भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।

दैलेखमा गत चैतदेखि जेठसम्म ती महिना अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चार वटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर