नेभिगेसन मेनु

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:44

drhf

सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

सुरुङ मार्गको ढोका माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सडकमा खसेको पहिरो हटाउनका लागि एक्स्काभेटरसहितका उपकरण प्रयोग गरिएको उहाँले बताउनुभयो । 

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बिच बाटोमै रोकिएका छन् । पहिरोले सुरुङ मार्ग निर्माणका लागि बनाइएको केही संरचनामा समेत क्षति पुगेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर