नेभिगेसन मेनु

नेपालले दियो सिंगापुरलाई चुनौतीपूर्ण लक्ष्य
सम्पादक:南亚网络电视
समय:2023-07-03 13:04

thumb (3)

काठमाडौँ — नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा सिंगापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

सूर्यांशु कोइराला र निरज यादवले १२ ओभर भित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशु आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन बनाए । निरजले ४२ रन जोड्ने क्रममा ४९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

आशिष लुहार ६, नरेन भट्ट ३, प्रतीक भट्टराई १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । अशोक धामी पहिलो बलमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए ।

दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाई अविजित रहे । उनले ५ बल खेली १ चौका प्रहार गरे । प्रतीक पोखरेल २ बल खेली ३ रन बनाई अविजित रहे । सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटराम र कविर बेरिलाले २–२ विकेट लिए ।

नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरी समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर