नेभिगेसन मेनु

वेस्ट इन्डिजविनाको एकदिवसीय विश्वकप
सम्पादक:南亚网络电视
समय:2023-07-02 13:50

west2023-07-02-08-11-55

वेस्ट इन्डिज एकदिवसीय क्रिकेट प्रतियोगिताकै शक्तिशाली राष्ट्र हो । सन् १९७० देखि ९० सम्म वेस्ट इन्डिजले क्रिकेट संसारमा राज नै गरेको थियो । सन् १९७५ र ७८ को विश्वकप ट्रफी ब्याक टु ब्याक जित्दै वेस्ट इन्डिज अजय टोली बनेको थियो । सन् १९८३ मा लर्डस्मा भएको विश्वकप फाइनलमा वेस्ट इन्डिज अप्रत्याशित रूपमा भारतसँग पराजित भयो । त्यसयता वेस्ट इन्डिज विश्वकपको फाइनलमा पुगेको छैन । तर, वेस्ट इन्डिजले लगातार विश्वकपमा स्थान बनाइरह्यो । 

क्रिकेटमा एउटा बेग्लै पहिचान बनाएको वेस्ट इन्डिज १३औँ एकदिवसीय विश्वकपमा नदेखिने भएको छ । जिम्बावेमा चलिरहेको ग्लोबल छनोट प्रतियोगितामा शनिबार स्कटल्यान्डसँग सात विकेटले पराजित भएपछि वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट नभएको हो । क्यारेबियन टोलीको उपनाम पाएको वेस्ट इन्डिज सुपर लिगमा नवौँ स्थानमा रहेपछि ग्लोबल छनोटमा झरेको थियो । जहाँ वेस्ट इन्डिजले सोचेको जस्तो केही भएन । 

समूह ‘ए’बाट सुपर सिक्समा छनोट हुन वेस्ट इन्डिजले शून्य अंक प्राप्त गरेको थियो । विश्वकपमा छनोट हुन नसक्नुको प्रमुख कारण नै यही रह्यो । समूह ‘ए’बाट जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छनोट भएका थिए । वेस्ट इन्डिज जिम्बावे र नेदरल्यान्ड्ससँग पराजित हुँदा सुपर सिक्समा अंक बटुल्न सकेन । आफ्नो समूहबाट सुपर सिक्समा पुगेका टोलीलाई हराउँदा अंक प्राप्त हुन्छ । यस्तो अवस्थामा वेस्ट इन्डिज अंकविहीन बन्यो । विश्वकपको इतिहासमा वेस्ट इन्डिजले सन् १९९६ को विश्वकपको फाइनल खेलेको थियो । सन् २०११ र २०१६ को संस्करणमा यो टोली क्वार्टरफाइनलभन्दा माथि उठ्न सकेन । 

सामान्य योगफल

सुपर सिक्सको शनिबार भएको खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डविरुद्ध राम्रो ब्याटिङ गर्न सकेन । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन मात्र जोड्यो । प्रत्युत्तरमा स्कटल्यान्डले ४३.३ ओभरमा तीन विकेटको क्षतिमा एक सय ८५ रन जोड्यो । स्कटल्यान्डको सनसनी जितमा ब्रान्डोन म्याकमुलेनले ६९ रनको योगदान दिए । म्याथ्युस क्रोसले ७४ रनको नटआउट इनिङ्स खेले । यसअघि वेस्ट इन्डिजका लागि जासन होल्डरले सर्वाधिक ४५ तथा रामारियो सेफर्डले ३६ रनको योगदान गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर