नेभिगेसन मेनु

बाँकेमा बिहान मात्रै विद्यालय सञ्चालन गरिने
सम्पादक:南亚网络电视
समय:2023-06-13 17:21

Kohalpur-nagarpalika-(1)

नेपालगञ्ज, जेठ ३० गते । तातो हावा लू र अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेका अधिकांश पालिकाले एक साता विद्यालयमा बिदा गरेका थिए। 

एकसाता निरन्तर बिदा गर्दा पनि गर्मी र तातो हावा चल्ने क्रम नघटेपछि अब विद्यालय बिहान मात्र सञ्चालन गर्न पाइने निर्णय विभिन्न पालिकाले गरेका छन् । 

कोहलपुर नगरपालिकाले मङ्गलबारसम्म बिदा दिएकोमा गर्मी अझै नघटेको जनाउँदै बुधबारदेखि बिहान मात्रै कक्षा सञ्चालन गर्न पाउने गरी विद्यालय खोल्ने निर्णय गरेको छ। 

कोहलपुरमा अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले जेठ २२ गतेदेखि ३० गतेसम्म गर्मी बिदा दिइएको थियो । मौसममा सुधार नदेखिएकोले गर्मी बिदा थप पनि गरिएको थियो ।

कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र कक्षा ४ देखि १० सम्मका कक्षाहरू मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको बताउनुभयो । उहाँले कक्षा ४ भन्दा कमका विद्यार्थीलाई अझैपनि घरमै राख्नुपर्ने भएकोले उनीहरूलाई बिदा दिइएको बताउनुभयो । 

सोही प्रकारको निर्णय नेपालगञ्ज उपमहानगर र खजुरा लगायतका पालिकाहरूले पनि गरेका छन् । नेपालगञ्ज उपमहानगरको शिक्षा महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले एक साता भन्दा बढी गर्मी बिदा गरिएको भएपनि गर्मी अझै नघटेकोले अब बिहान मात्र विद्यालय सञ्चालन गर्न पाउनेगरि विद्यालय खुल्ने बताउनुभयो । उहाँले विद्यालयहरूलाई बिहान मात्र कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकिएको बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अझै केही दिन बाँकेमा तातो हावा चल्ने र चर्को गर्मी रहने अनुमान मौसम विभागले गरेको हुँदा सोही बमोजिम गर्न गराउन सबैसँग आग्रह गर्नुभएको छ । उहाँले अझैपनि केहीदिन अवस्था यस्तै रहने अनुमान गरिएकोले सबैले सचेत भएर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र बालबालिकाको हेरचाहमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर