नेभिगेसन मेनु

सुदूरपश्चिममा सार्वजनिक यातायातमा नयाँ भाडादर
सम्पादक:南亚网络电视
समय:2023-06-02 14:21

xbm

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ । 

जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशको ३१ वटा रुटमा लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरेको हो । सरकारले कायम गरेको नयाँ भाडा दरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि बिहीबारदेखि सो भाडादर प्रदेशभरि नै लागू भएको छ । 

सरकारले निर्धारण गरेको भाडादर अनुसार सबैभन्दा बढी टीकापुर–साँफेबगरसम्मको भाडा छ । सरकारले यो रुटको भाडा एक हजार २३६ रुपियाँ निर्धारण गरेको छ । यस्तै, कञ्चनपुरदेखि दार्चुलासम्मको भाडा एक हजार २२९ रुपियाँ छ । सबैभन्दा कम भाडा धनगढी–चुनपानीसम्मको ५७ रुपियाँ कायम गरिएको छ । 

टीकापुर–बैतडीको एक हजार ११, चुनेपानी–डडेल्धुराको ४२३, टीकापुर–सिलगढीको ९४२, डडेल्धुरा–बैतडीको २५९, डडेल्धुरा–खोड्पेको १३२ रुपियाँ भाडा कायम गरिएको छ । यस्तै, धनगढी–चिसापानीको २८१, धनगढी–चैनपुरको एक हजार ४१, धनगढी–टीकापुरको २९४, धनगढी–डडेल्धुराको ४८०, धनगढी–डडेल्धुरा–साँफेबगरको ९५७ र धनगढी–महेन्द्रनगरको १५९ रुपियाँ नयाँ भाडा दर कायम गरिएको छ । 

धनगढी–सुखड–भजनीसम्मको २४२, धनगढी–साँफेबगरसम्म ९३९, धनगढी–सिलगढी ६९७, महेन्द्रनगर–अत्तरिया–डडेल्धुराको ५५७ भाडा रहेको छ । महेन्द्रनगर–साँफेबगरको एक हजार २३, साँफेबगर–सिलगढीको २४२, खोड्पे–सिमखेतको ४२७, गड्डाचौकी–महेन्द्रनगर–बैतडीसम्मको ८७८ कायम गरिएको छ । यस्तै, धनगढी–बैतडीको भाडा ७८७, धनगढी दार्चुलाको एक हजार १५१, धनगढी–साँफेबगर–मार्तडीको एक हजार १४१, धनगढी–साँफेबगर–मङ्गलसेनको एक हजार ७१, महेन्द्रनगर–अत्तरिया डडेल्धुराको ५५७ रुपियाँ भाडा कायम गरिएको छ । 

यसै गरी, महेन्द्रनगर–अत्तरिया–साँफेबगर–मङ्गलसेनको एक हजार १४८, महेन्द्रनगर–अत्तरिया–साँफेबगर मार्तडीको एक हजार २१८, महेन्द्रनगर–अत्तरिया–बैतडीको ८६४ रुपियाँ भाडादर कायम गरिएको छ । 

महेन्द्रनगर–अत्तरिया–चैनपुर (बझाङ) को एक हजार ११८ र महेन्द्रनगर–सिलगढीसम्मको भाडा ७७४ रुपियाँ कायम गरिएको छ । स्तरीय डिलक्स सवारीको रूपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) मा प्रमाणित भएका यात्रुवाहक सवारीको हकमा तोकिएको भाडामा २० प्रतिशत थप गरी भाडा लिन सकिने मन्त्रालयका सचिव प्रेम भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार तराईको पक्की सडक र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रतिव्यक्ति २.८४ रुपियाँ भाडा कायम गरिएको छ । यसै गरी, पहाडको पक्की सडक र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रति व्यक्ति ३.४८ रुपियाँ कायम गरिएको छ । मालवाहक सवारी साधनको तराईतर्फ प्रति किलोमिटर प्रति टन ७.४६ र पहाडतर्फ प्रति किलोमिटर प्रति टन १४.२० रुपियाँ हुन आउने रकमलाई १० टनले हिसाब गरी हुन आउने भाडा लिने व्यवस्था गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर