नेभिगेसन मेनु

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण
सम्पादक:南亚网络电视
समय:2023-05-31 12:52

sdvSD

माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनु भएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ । पालिकाले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरी छात्राहरूको विद्यालय छाड्ने दर शून्यमा झार्ने अभियान चलाएको छ । आधारभूत तह अध्ययन पछि छात्राहरूले विद्यालय टाढा भएर छोड्ने, घरायसी काममा व्यस्त हुँदा माध्यमिक र उच्च शिक्षा अध्ययन नगर्ने प्रचलन रहेकोले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको थापाले बताउनु भयो । 

प्रदेश सरकार र विजय नगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । यसै गरी ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीले घरायसी काम मात्र सीमित नभएर उच्च शिक्षा र रोजगारीको अवसर समेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न अवसर दिएको बताउनु भयो । ग्रामीण क्षेत्रका अभिभावकहरूले छात्राहरूलाई शिक्षामा लगानी गर्न चासो नदिने हुँदा पालिकाले योजना बनाई लागु गरेको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर