नेभिगेसन मेनु

बाँके निकुञ्जमा पानी सुकेपछि ८० वटा पोखरीमा पानी राखियो
सम्पादक:南亚网络电视
समय:2023-05-30 14:53

sdfb

जेठ महिनाको चर्को घाम र अत्यधिक गर्मीले बाँके राष्ट्रिय निकुञ्जभित्रका अधिकांश प्राकृतिक पोखरीहरू सुकिसकेका छन् । ती खोला नाला र पोखरी सुकेर निकुञ्जभित्रका वन्यजन्तुलाई खानेपानीको निकै समस्या भएपछि वन्यजन्तुका लागि ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको निकुञ्जले जनाएको छ । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले अत्यधिक गर्मीसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा ८० वटा पोखरीमा पानीको व्यवस्था गरेको बताउनुभयो ।उहाँले पोखरीहरूमा पानी सुक्न थालेपछि ८० ठाउँमा डिप बोरिङ र हेण्डपम्पको व्यवस्था गरेर पानी भरिएको जानकारी दिनुभयो । 

प्रमुख संरक्षण अधिकृत शाहले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सुख याम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेण्डपम्प मार्फत पानीको व्यवस्था गरेका छौँ’ ।

निकुञ्जभित्र विद्युतकाे व्यवस्था नभएकोले सोलार सिस्टमको सहयोगमा हेण्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको छ । प्राकृतिक पोखरीमा पानी सुक्न नदिन विभिन्न ठाउँमा हेण्डपम्म जडान गरिएको छ ।

निकुञ्जका अनुसार प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई सङ्ग्रह गरिएको छ भने पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइको माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ । कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ ।

तराई भू–परिधि कार्यक्रम नेपालका सह–निर्देशक कमलराज राईले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले पानी नपाएर काकाकुल भएका जन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको बताउनुभयो ।

जैविक विविधता संरक्षण, बाघ र बाघको आहारा प्रजाति संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको लागि आहारा र पानी अभाव हुँदै गएकोले वन्यजन्तुलाई समस्या भएको छ । निकुञ्जका अनुसार अहिले अवैध चोरी सिकारी, वन्यजन्तु मानव–द्वन्द्व, जलवायु परिवर्तन र पर्यटक अभावलगायतका समस्या निकुञ्जले भोगिरहेको छ ।

निकुञ्जमा ३४ स्तनधारी, ३०० पन्छी, २४ घस्रिने प्रजातिका र नौ प्रजातिका उभयचरसँगै माछा प्रजाति ५५ भन्दा बढी रहेका छन् । यस्तै निकुञ्जमा संरक्षित स्तनधारी वन्यजन्तु सालक, बाघ, जङ्गली हात्ती, चौकालगायत पनि उल्लेख्य सङ्ख्यामा छन् । 

संरक्षित पन्छीहरू कालो गरुड, राज धनेश र संरक्षित घस्रिने वन्यजन्तुमा अजिङ्गर र सुन दोहोरोलगायत पनि रहेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा कुल २५ वटा पाटे बाघ छन् । सो निकुञ्ज ५५० वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर