नेभिगेसन मेनु

नेपाली फिल्म 'परस्त्री' मा गीत गाउँदै भारतीय गायक अमित, कुनल र सोनल
सम्पादक:南亚网络电视
समय:2023-05-22 17:23

asm1684738387

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म 'परस्त्री' मा भारतीय गायक-गायिकाले गीत गाउने भएका छन्। 

भारतीय गायक अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गीत गाउने भएका हुन्। उनीहरू तीनैजना बलिउडमा चर्चित प्लेब्याक सिंगर हुन्। 

कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गीत गाउन बाँकी छ। 'सोनल र अमितले आज गीत रेकर्ड गर्दैछन्,' परस्त्रीका निर्देशक सुरज पाण्डेले भने। 

नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन्। 

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। निरज कँडेलले फिल्मको छायांकन गरेका हुन्।

फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ। 

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्। 

यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुनेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर