नेभिगेसन मेनु

चेन्नाई र लखनउ प्लेअफमा
सम्पादक:南亚网络电视
समय:2023-05-21 13:19

thumb (9)

चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले शनिबार इन्डियन प्रिमियर लिगको प्लेअफमा आफ्नो स्थान निश्चित गरेका छन् । चेन्नाईले दिल्ली क्यापिटल्सलाई सजिलै ७७ रनले पराजित गर्‍यो ।

यो जितपछि चेन्नाई लिग तालिकाको शीर्ष दुईमा रहने निश्चित भयो । लखनउले भने कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्‍यो । अब चेन्नाईले क्वालिफायर–वानमा शीर्ष स्थानको गुजरात टाइसन्सको सामना गर्नेछ ।

लखनउले भने इलिमिनेटर खेल्नेछ । लखनउ तेस्रो स्थानमा रह्यो । उसले चौथो स्थानमा रहेको टिमसँग खेल्ने छ र यो टिमको निर्धारण आइतबारका दुई खेलको नतिजाले हुनेछ ।

यी दुई खेलमध्ये मुम्बई इन्डियन्सले सनराइज हैदरावादको सामना गर्नेछ भने रोयल च्यालेन्जर्स बेंगलोरले गुजरातसामु आफ्नो चुनौती पेस गर्नेछ । मुम्बईको तुलनामा बेंगलोरको स्थिति राम्रो छ र प्लेअफमा प्रवेश पाउन जित पर्याप्त हुन सक्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर