नेभिगेसन मेनु

भारतले दुई हजार रुपैयाँको नोट बजारबाट फिर्ता लिने
सम्पादक:南亚网络电视
समय:2023-05-20 14:42

 

 

काठमाडौँ — भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन । 

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । देशैभरको कुनै पनि बैंकमा गएर नोटलाई बदल्न पाउने भनिएको छ । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ । यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।

 
 
 

रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । ८ नोभेम्बर २०१६ को रातिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो । २०१८–१९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालिएको थियो । कालाधन राख्नेहरुले बैंकमा पैसा नराखेर बाहिरै दुई हजारको नोट जम्मा गरेर राखेको आशंका छ । २०१६ मा ५ सय र हजारको नोट बन्द गरिएपछि नयाँ ५ सयको नोट बाहिर चलनमा ल्याइएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर