नेभिगेसन मेनु

नेप्सेका १३ वटै उपसमूहमा हरियाली,सेयर बजार १२.७३ अंकले बढ्यो
सम्पादक:南亚网络电视
समय:2023-05-05 13:48

20180428042040_nepal-share_BIIatSvtNd

सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ। आज २७६ कम्पनीको सेयर २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुईवटा कम्पनीको मूल्य ९ प्रतिशत  र दुई कम्पनीको ८ प्रतिशत बढिले बढ्यो। एनआईबीएल ग्रोथ फन्डको सेयर मूल्य ९.८६ प्रतिशत र लक्ष्मी लघुवित्ती वित्तीय संस्थाको ९.१६ प्रतिशतले बढ्यो।

यस्तै, सयपत्री हाइड्रोपावरको ८.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीयको ८.२० प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको प्रमोटर सेयर ४ करोड बढि मूल्यमा खरिदबिक्री भयो।

शिवम् सिमेन्टको २ करोड र नविल बैंकको १ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ।

फाइनान्स,हाइड्रो पावर,नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशत बढिले बढ्यो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर