नेभिगेसन मेनु

विदेशी अनुभवले मोजा उद्योग सञ्चालन
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:13

moja

स्वदेशी ब्रान्डलाई पहिचान बनाउने गरी कपिलवस्तुका अधिकारी दाजुभाइले मोजा उत्पादन सुरु गरेका छन् । भारत र अजरबैजानमा २५ वर्ष होजियारी उद्योगको अनुभव लिएर उनीहरूले उद्योग सञ्चालन गरेका हुन् । 

विषयगत दक्षता भएपछि उत्पादन बेच्न सहज हुने अनुमान गरे पनि बजारमा बिक्री गर्न धौधौ भयो । “बिक्रीका लागि बजार पु-याए तर कसैले चासो दिएनन् । व्यापारीले नाइक, एडिडासजस्ता विदेशी नाम भए बिक्री हुने बताए । विदेशी ट्याग लगाए मात्र नेपालीले किन्ने रहेछन् । 

हामीले ‘बीएचयू’ नाम राखेर बेच्न लगियो,” उद्योग सञ्चालक एकराज अधिकारीले बताउनुभयो, “उद्योग सुरु गरेको दुई वर्षसम्म बेच्न सकस भयो । अहिले केही सहज भएको छ । ग्राहकले विदेशी नाम रोज्ने भएकाले गुणस्तरीय नेपाली ब्रान्ड ओझेलमा परेको छ ।”

२५ वर्ष होजियारी (कच्चा पदार्थ धागोबाट सामग्री उत्पादन) उद्योगको अनुभव लिएर वाणगङ्गा नगरपालिकाका अधिकारी दाजुभाइले कोरियन प्रविधि (निटिङ सक्स मेसिन)को प्रयोग गरी नगरपालिका–४, दरखास्तमा डेढ करोडको लागतमा वराह होजियारी उद्योग सञ्चालन गर्नुभएको हो ।

दाजु एकराज अधिकारीले अजरबैजान र भारतको होजियारी उद्योगमा फोरम्यान (सुपरभाइजर) भई काम गरेको अनुभवलाई स्वदेशमा प्रयोग गरेको खिमलाल अधिकारीले बताउनुभयो । सुरुवाती चरणमा तीनवटा उपकरण प्रयोग गरी दैनिक ६० दर्जन मोजा उत्पादन गरिएको थियो । उत्पादन कम भएर सञ्चालन खर्च बढेपछि १३ मेसिन थप गरिएको थियो । 

हाल ‘बीएचयू (कम्पनीले उत्पादन गरेको ब्रान्ड)’ नाम लिएर माग्न लागेको बताइएको छ । उहाँले आफ्नो नामको ट्रेडमार्क दर्ता गर्ने तयारीसमेत भएको बताउनुभयो । १६ वटा मेसिनबाट दैनिक चार हजार जोर मोजा उत्पादन गर्ने क्षमता रहेको छ । अहिले आर्थिक मन्दी र भारतबाट अवैध भित्रिँदा दैनिक दुई हजार मोजा उत्पादन गरिएको एकराजले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर