नेभिगेसन मेनु

पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-04-23 13:37

accident-palpa1

वैशाख १० गते । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर