नेभिगेसन मेनु

अटोभिलेजमा पूर्वाधार अभाव
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:10

Untitled-1 (2)

वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। 

बुटवलका विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायीलाई एकत्रित गरी बुटवलको वडा नं. २ मा रहेको मैनाबगरको बगर क्षेत्रमा बुटवल उपमहानगरपालिकाको पहलमा २२ वर्षअघि मैनाबगर अटोभिलेज स्थापना गरिएको थियो। अहिले अटोभिलेजमा एक हजार अटो व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ १० हजारभन्दा बढी मजदुरले रोजगारी प्राप्त गरेका छन्। 

अटो व्यवसायीले व्यावसायिक हकहितका लागि भन्दै बुटवल अटो इन्जिनियरिङ एसोसिएसन गठन गरेर एसोसिएसनमार्फत नै अटोभिलेजका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताउँछन् तर अहिलेसम्म कुनै निकायले चासो नदिएको समेत उनीहरूको गुनासो छ। 

एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले नेपालकै पहिलो नमुना अटोभिलेजको अवस्था स्थापनाको २२ वर्ष हुँदासम्म पनि सुधार आउन नसक्नु दुःखद भएको बताउनुभयो। उहाँले पूर्वाधारको अभावमा नमुना अटोभिलेज वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मेको अवस्थाका बीच अटो व्यवसाय सञ्चालन गर्न बाध्य भएको गुनासो पोख्नुभयो। 

उहाँले अटोभिलेजको करिब पाँच किलोमिटर क्षेत्रको सडक पिच गर्नुपर्ने र करिब तीन किलोमिटर क्षेत्रमा नाली निर्माणको काम हुने हो भने अटोभिलेजको अवस्थामा परिवर्तन आउने बताउनुभयो। 

सडक पक्की नहुँदा गर्मीयाममा हावाहुरीका कारण उक्त क्षेत्र धुलोले भरिने गरेको र काम गर्ने वातावरणसमेत नहुने अवस्था रहेको एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर फौदारले गुनासो गर्नुभयो। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबाट अटोभिलेजको विकासको विषयलाई उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता आएको बताउँदै अहिले नगरकै १० लाख रुपियाँको बजेटबाट अटोभिलेज क्षेत्रमा पाइप लाइन विस्तारको काम भइरहेको बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर