नेभिगेसन मेनु

ओली निवासमा प्रधानमन्त्री, सभामुख र देउवा
सम्पादक:南亚网络电视
समय:2023-04-17 13:28

thumb

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

यो बीचमा ३ दिनयता पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेको थियो । सोही कारण आज बिहान ९ बजे प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्दै संसद्‌मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गरेका हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर