नेभिगेसन मेनु

विराटनगर लगायतका क्षेत्रमा माेटरसाइकल चाेरी गर्ने गिराेह पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-04-12 14:59

viber_image_2023-04-11_18-13-00-8211681269381

मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-१० का २५ वर्षीय  सुशीलकुमार यादव, भारत पेसदाह पंचायतका २५ वर्षीय शौरभकुमार यादव,  भोक्राहा नर्सिङ गाउँपालिका -६ का २० वर्षीय सुमनकुमार यादव र विराटनगर महानगरपालिका-१२ मोरङका सञ्जय साह रहेका छन्।

उनीहरूलाई फरकफरक मितिमा फरकफरक स्थानबाट पक्राउ गरिएको मोरङका डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ परेकाहरूबाट चोरी गर्न प्रयोग हुने मास्टर कि पाँच पाँच थान र एकसेट नक्कली नम्बर प्लेट बरामद गरिएको डिएसपी दाहालले बताए।

उनीहरूले मोरङका विभिन्न स्थानबाट चोरी गरेका मोटरसाइकलहरू पहाडका दुर्गम स्थान, सुनसरीका ग्रामिण क्षेत्र र भारतका विभिन्न स्थानहरूमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।

चोरीका मोटरसाइकलहर नेपाल-भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार गर्न प्रयोग  हुने गरेको पाइएको डिएसपी दाहालले जानकारी दिए।

डीएसपी दाहालले मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरका रूपमा प्रयोगका लागि समेत बिक्री गर्ने गरेको पाइएको बताए।

पक्राउ परेका पाँचैजनाविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर