नेभिगेसन मेनु

लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग
सम्पादक:南亚网络电视
समय:2023-04-08 15:12

1680872253_Ghar Jagga-1200x560

घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।  

शुक्रवार नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे।

उनले भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोवास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए। उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे। उनले घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरुले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको बताए।  

महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार राई र विदुर धमला, महासचिवमा विष्णुप्रसाद घिमिरे, सचिवमा रामसुन्दर बि.के. र कोषाध्यक्षमा रोहकुमार भोयद्यो निर्वाचित भएका छन। यस्तै, प्रदेश सदस्यहरुमा कोशी प्रदेशबाट घनश्याम पोखरेल, गण्डकी प्रदेशबाट अरुणस्तोम त्रिपाठी, वागमती प्रदेशबाट बाबुराम अधिकारी, लुम्बिनी प्रदेशबाट दशरथ पौडेल तथा खुला सदस्यबाट श्रीधर महरा क्षेत्री र पूर्णिमा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन।महासंघको कार्यकाल दुई वर्षको हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर