नेभिगेसन मेनु

उपनिर्वाचन प्रचार १५ दिन
सम्पादक:南亚网络电视
समय:2023-04-05 12:40

thumb (3)

काठमाडौँ — निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।

बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । बारा–२ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा २४ र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सक्ने कार्यक्रम सार्वजनिक गरेको थियो । कसको विरुद्ध उजुरी पर्‍यो भन्ने यकिन विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर जाँचबुझ गरी बुधबार निर्णय दिनुपर्ने हुन्छ । कार्यालयले बुधबारै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बिहीबारसम्म समय निर्धारण गरिएको छ । तीन क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् । बारामा २४ र चितवनमा १२ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ ।

उपनिर्वाचनमा सत्तारूढ गठबन्धन विभाजित भएको छ । सरकारलाई समर्थन गरेको रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ । माओवादीले भने तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवारलाई र बारामा जसपाका उम्मेदवारलाई समर्थन गरेको छ । कांग्रेसले पनि बारामा उम्मेदवार नउठाई जसपालाई साथ दिएको छ ।

बारामा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्रप्रसाद कुशवाह, रास्वपाबाट रमेश खरेल र अन्य दलका उम्मेदवार छन् । चितवन–२ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायत र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्ले र अन्य दलबाट उम्मेदवारी परेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर