नेभिगेसन मेनु

नवौँ एसएसइएसएआर अन्तर्राष्ट्रिय सेमिनार सुरु
सम्पादक:南亚网络电视
समय:2023-04-03 14:09

122023-04-02-10-24-29

नवौं साउथ एन्ड साउथ इस्ट एसियन एसोसिएसन फर दि स्टडी अफ कल्चर एन्ड रिलिजन (एसएसइएएसआर) अन्तर्राष्ट्रिय सेमिनार आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । 

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न २२ राष्ट्रका सहभागी सय जना विषयविज्ञहरूले आ–आफनो प्रतिवेदन प्रस्तुत गर्नेछन् । सेमिनारको पहिलो दिन विभिन्न राष्ट्रबाट आएका विषयगत विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन् । सहभागीहरूले सोमबार र मंगलबार धर्म, संस्कृति, कला, वास्तुकलालगायत विषयवस्तु कार्यपत्र दिनेछन् । 

अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले एक समारोहबीच गरे ।

उद्घाटन सत्रमा मन्त्री किराँतीले सम्मेलनबाट विभिन्न राष्ट्रबाट आएका विज्ञहरूले धर्म, संस्कृति, कला र वास्तुकलासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बताए । ‘यस सम्मेलनको माध्यमबाट हामीलगायत अन्य मुलुकबाट आउनुभएका व्यक्तित्वहरूले एक अर्काको संस्कृतिबारे जानकारी लिन सक्नेछन,’ उनले भने । 

सेमिनार हरेक दुई–दुई वर्षमा हुने गरेको छ । एकपटक दक्षिण एशियाली मुलुकले सम्मेलन आयोजना गर्ने र अर्कोपटक दक्षिण पूर्वी एसियाली मुलुकमा गर्ने चलन रहेको नवौँ एसएसइएसएआरकी सचिव डा. टिना मानन्धरले जानकारी दिएकी छन् । नवौँ एसएसइएसएआरकी सचिव डा. मानन्धरले सेमिनार आयोजनाका लागि चार महिनादेखि तयारी भएको बताइन् । 

सन् २०२१ मा म्यानमारले सम्मेलन गर्ने भनिएको थियो । तर, कोरोना महामारीका कारण यो सम्मेलन आयोजना हुन सकेको थिएन । यसपटक त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले आयोजना गरेको सम्मेलनको आयोजना गरेको हो । संस्कृति विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले सहभागी सबैलाई स्वागत गर्दै ऐतिहासिक रूपमा सेमिनारमा आफूहरूले आयोजना गर्न गर्व लागेको बताएका छन् । 

‘यसपटक नवौँ एसएसइएसएआर अन्तर्राष्ट्रिय सम्मेलन गर्न जिम्मा हामीले पाएका थियौँ, आयोजना गर्न पाउँदा ज्यादै खुसी लागेको छ,’ प्रा.डा. खतिवडाले भने, ‘यस सम्मेलनबाट स्वदेशी तथा विदेशी विज्ञहरूले धेरै पक्षको जानकारी लिने विश्वास छ ।’ 

उनका अनुसार तीन दिनसम्म चल्ने सम्मेलनमा १२५ वटा कार्यपत्रहरु प्रस्तुत हुने छ । सेमिनारमा नेपाली वा अंग्रेजीमध्ये एक भाषामा कार्यपत्र प्रस्तुत हुनेछ । जसमा २५ जना नेपाली विषयविज्ञको सहभागिता हुनेछ भने बाँकी विदेशी विज्ञहरूको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

सन् २००५ मा पहिलोपटक भारतको नयाँ दिल्लीमा आयोजना भएको यो सेमिनार दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका मुलुकहरूमा आयोजना हुँदै आएको छ । 

सेमिनार रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम)को कार्यालयमा भइरहेको छ । नाथम सहआयोजकमा समेत रहेको छ । नाथमका डम्बर भट्टले सहआयोजकका रूपमा सेमिनारका लागि सबै प्रबन्ध मिलाएको बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर