काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव गएको सचिवालयले जनाएको छ।
भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यादवले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।