नेभिगेसन मेनु

सोताको पुल निर्माणमा ढिलाइ
सम्पादक:南亚网络电视
समय:2023-03-28 14:26

Untitled-1 (1)

देउखुरी, चैत १४ गते । दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा परेका छन्। हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना रहेकोमा जिम्मेवार निर्माण कम्पनीले पुलको खम्बासम्म खडा गर्न नसकेकाले पुल निर्माणमा समस्या देखिएको हो। 

स्थानीय बिमबहादुर केसीले एक वर्ष दुई महिनाअघिबाट पुल निर्माणको काम सुरु भए पनि खम्बासमेत उठाउन नसकेको बताउनुभयो। निर्माण कम्पनीले तीव्र रूपमा काम गर्न नसक्दा पुल निर्माणको कामले गति लिन नसकेको हो। सुरुमा निर्माण कम्पनीले छड र सिमेन्टको मूल्य बढेको कारण जनाउँदै आलटाल गरेको थियो। अहिले पनि बहानाबाजी गरेर कामबाट उम्किन खोजिरहेको भनाइ स्थानीयको छ।

पुल निर्माणले गति नलिएपछि स्थानीय जनप्रतिनिधिले खबरदारी गरेका छन्। लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले हुलाकी सडक आयोजना कार्यालयमा पटकपटक काम सुरु गर्न दबाब दिन सुरु गरिएको जानकारी दिनुभयो। 

हुलाकी सडक आयोजना कार्यालयमार्फत तीन करोडको लागतमा गाल्वा मेनका जेभीले पुल निर्माणको ठेक्का पाएको हो तर सुरुदेखि नै काममा ढिलासुस्ती गरेका कारण निर्माणमा ढिलाइ भएको छ। पुल निर्माण कम्पनीलाई छिटो काम सुरु गर्न र समयभित्र सक्न निर्देशन दिएको हुलाकी सडक आयोजना कार्यालयका इन्जिनियर सुनिल गुप्ताले जानकारी दिनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर