नेभिगेसन मेनु

सुन गिद्ध, कस्तुरीको संरक्षण गर्न जङ्गलमा क्यामेरा जडान गरिँदै
सम्पादक:南亚网络电视
समय:2023-03-26 13:28

adfb

जाजरकोट, चैत १२ गते । विश्वकै दुर्लभ वन्यजन्तु सुन गिद्ध, कस्तुरी लगायतका बन्यजन्तुहरु संरक्षण गर्न जङ्गलमा क्यामरा जडान गरिने भएको छ । बारेकोट गाउँपालिका भित्रका सामुदायिक जङ्गलमा क्यामेरा जडान गरिने भएको हो ।

बारेकोटका जङ्गलमा चोरी सिकारी हुने क्रम बढेकोले रोकथामका लागि गर्न डाँफे युवा क्लबद्वारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा १२ वटा क्यामेरा जडान गर्न लागिएको हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिएका सुन गिद्ध, कस्तुरी, रेडपाण्डा, चिर कालिज  लगायतका बन्यजन्तुहरु पाइने रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर