नेभिगेसन मेनु

पाटन विमानस्थल एक वर्षदेखि ठप्प
सम्पादक:南亚网络电视
समय:2023-03-23 13:40

Untitled-1_Be4obXkUEe

बैतडी : बैतडीका पाटन विमानस्थल एक वर्षदेखि ठप्प छ। यहाँ गतवर्षको चैत १० गते समिटएयरले उडान भरेको थियो। 

त्यसयता उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै चैत १० गतेयता उडान नभरेको समिट एयरले अब उडान नभर्ने बताइसकेको छ।

यात्रु नभएकै कारण समिट एयरले धनगढी–पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। 

भाडा बढेकाले पनि यात्रुहरू पाउन छाडेपछि उडान नभरेको उनले बताए। ‘भाडा बढेको छ, यात्रु भेटिदैनन्, अब रद्द भइसकेको हो, अब समिट एयरले धनगढी–पाटन उडान भर्दैन,’ उनले भने। पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ। भाडा भने ५ हजार तोकिएको छ। समिटले प्रत्येक बिहीबार उडान भर्दै आएको थियो।

नियमित रूपमा यात्रुहरूले नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउँछन्। ‘धनगढीबाट पाटन जाँदासमेत प्लेन भरिँदैन, त्यसैले समिटले उडान भरेको छैन,’ विमानस्थल प्रमुख भट्टले भने, ‘समिटले यात्रु नपाएकै कारणले उडान भरिरहेको छैन,’ उनले भने।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्णरूपमा विमानस्थल बन्द रहेको थियो। २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो। 

सोही दिन तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बैतडीको पाटनसहित डोटीको दीपायल र बझाङको देवल विमानस्थलको उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटन समारोहमा बोल्दै तत्कालीन मन्त्री भट्टराईले सुदूर पहाडमा नियमित उडान हुने बताएका थिए। 

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ। ‘नियमित उडान हुने ठेगानसमेत हुँदैन, कहिले आउने कहिले नआउने, भाडा पनि महँगो भयो,’ पाटनका निवर्तमान मेयर केशवबहादुर चन्दले भने। 

भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय चमनकुमार भण्डारी बताउँछन्। ‘१७ मिनेटको हवाई दूरीमा ५ हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके हज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उनले भने। 

चैत १० गतेको पछिल्लो अन्तिम उडानका बखत ४ हजार ५ सय रुपैयाँ भाडा कायम भएको थियो। त्यसपछि भाडा ५ हजार कायम गरिएको छ। भाडा निरन्तर बढ्दै गएका कारण यात्रुहरू भेट्न छाडेका हुन्। २०७७ असोज १७ गते पहिलो पटक उडान भरेको समिट एयरले केही महिना ३८ सय रुपैयाँ भाडा कायम गर्दै उडान भरेको थियो। 

२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थल ११ करोडको लागतमा २०७७ मा निर्माण सम्पन्न भएको हो। २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग र घेरपर्खाल निर्माण गरिएको थियो। 

यसैगरी गत २०७८ भदौदेखि निर्माण सुरु गरिएको ट्रमिनल भवनसमेत बनिसकेको छ। ४ करोढ ९७ लाख लागतमा ट्रमिनल भवन निर्माणको काम सम्पन्न भइसकेको निर्माण आयोजना कार्यालयका इन्जिनियर कबीन्द्र बज्राचार्यले जानकारी दिए। ‘

गत भदौदेखि निर्माण सुरु गरका हौं, हालै सम्पन्न भइसकेको छ, सञ्चारका आवश्यक अन्य उपकरण ल्याएर प्रयोगमा ल्याउन सकिन्छ,’ इन्जिनियर बज्राचार्यले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर