नेभिगेसन मेनु

जेठ ५ गते प्रदर्शन मिति तोक्दै फिल्म 'गणपति' को पोस्टर सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-03-22 15:00

GANAPATI POSTER1679393232

सविन अधिकारीले निर्देशन गरेको फिल्म 'गणपति' को पोस्टर सार्वजनिक भएको छ। 

जेठ ५ गतेलाई फिल्मको प्रदर्शन मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ।

निर्देशक अधिकारीले फिल्मले हाम्रो समाजलाई चरित्र चित्रण गर्ने बताए। 

‘कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ। त्यसकै वरपर यो फिल्मको कथा घुमेको छ,’ उनले भने। 

फिल्मको कथा निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन्। 

आस्थाको रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने फिल्ममा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए। 

यो फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो। एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी छ। फिल्मलाई हरिबहादुर घलेले छायांकन गरेका हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर