नेभिगेसन मेनु

ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण
सम्पादक:南亚网络电视
समय:2023-03-08 16:08

1

कपिलवस्तु, फागुन २४ गते । राजमार्ग क्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापन गर्न शिवराज नगरपालिकाले ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको मुख्यबजार क्षेत्रमा जथाभाबी पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि पालिकाले सामग्री हस्तान्तरण गरेको नगर प्रमुख अजय थापाले बताउनुभयो । 

मुख्यबजार र आसपास क्षेत्रमा सडक अतिक्रमणसँगै अव्यवस्थित सवारी पार्किङ र निर्माण सामग्रीले बजार क्षेत्र कुरूप बन्दै गएपछि नगरले ध्यान दिएको बताएको छ । पालिकाका शिवपुर, खरेन्द्रपुर, बालापुर, रुद्रपुरलगायतका बजार क्षेत्रमा सडक सुरक्षालाई प्राथमिकता दिएको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । 

नगरपालिकाले ४७ हजारको लागतमा १० ट्राफिक कोण, ५ थान ह्विललक लगायतका सामग्री हस्तान्तरण गरेको छ । पालिकाले हस्तान्तरण गरेका सामग्री प्रयोग गर्दै शिवराज नगरपालिकामा सवारी दुर्घटनाको जोखिमल घटाउन सकिने अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरीक्षक राघवसिंह राठौरले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर