नेभिगेसन मेनु

भावरमा भेटियो संरक्षित राजधनेश प्रदेश, सुदूरपश्‍चिम
सम्पादक:南亚网络电视
समय:2023-02-13 12:37

Untitled-1 (3)

धनगढी, फागुन १ गते । नेपालमा संरक्षित सूचीमा रहेको राजधनेश चरा सुदूरपश्चिम प्रदेशको भावर क्षेत्रमा पाइएका छन् । कैलाली र कञ्चनपुरको भावर क्षेत्रमा यो प्रजातिका चरा पाइएका हुन् ।

अग्ला–अग्ला साल र साजको रुख रहेको वनमा राजधनेश बस्ने गरेको बताइएको छ । सङ्ख्या कम रहेकाले विश्व प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले यो प्रजातिको चरालाई संवेदनशील सूचीमा राखेको छ । नेपालमा राजधनेशलाई मारेमा कानुनी कारबाही हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यो चरालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । 

विश्वमै दुर्लभ सूचीको नजिक पुगेका राजधनेश कैलाली र कञ्चनपुरको भावर क्षेत्रमा भने झुन्ड (फ्लक)मासमेत फेला परेका छन् । चराविद् हिरुलाल डङ्गौराका अनुसार कैलालीको घोडाघोडी चरा आरक्ष क्षेत्रमा एकैसाथ छवटासम्म राजधनेश देखिएका छन् । यस्तै कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा १६ वटा राजधनेश सम्मिलित झुन्ड अभिलेख गरिएको छ । कञ्चनपुरकै बन्दा ताल क्षेत्र, कैलालीको खुटिया आइबीए (चरा तथा जैविक विविधताका लागि महìवपूर्ण) क्षेत्रमा एउटासम्म राजधनेश देखिएका छन् । समुद्र सतहबाट एक हजार मिटर तल क्षेत्रमा पाइने यो प्रजातिका चरा कैलालीको सबैभन्दा ठूलो वन वसन्ता कोरिडोरमा भने हालसम्म अभिलेख गरिएको छैन तर भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको भजनी नगरपालिका–७ स्थित अञ्जनी सामुदायिक वनमा भने कहिलेकाहीँ राजधनेश देखिने गरेको डङ्गौराको भनाइ छ । 

उहाँले भन्नुभयो, “दुधुवा नेसनल पार्कबाट आएका राजधनेश चरा अञ्जनी सामुदायिक वनमा देखिएका हुन् तर वसन्ता कोरिडोरमा भने अहिलेसम्म अभिलेख गरिएको छैन ।” 

यो प्रजातिको चरा आक्कलझुक्कल मात्रै देखापर्ने गर्दछन् । धेरै समयदेखि चरा अवलोकन गर्दै आए पनि गत साता घोडाघोडी चरा आरक्षमा जीवनमा पहिलो पटक राजधनेश देखेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “अरूले खिचेको राजधनेशको फोटो त देखेको थिएँ तर आफ्नै आँखाले पहिलो पटक राजधनेश देख्न पाउँदा खुसी लागेको छ ।”

कैलाली, कञ्चनपुरमा राजधनेशको बसोबास रहे पनि सङ्ख्या भने यकिन भएको छैन तर हाम्रो मुलुकमा यो प्रजातिका चराको सङ्ख्या १५० भन्दा पनि कम रहेको बताइएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर