नेभिगेसन मेनु

मोहन बैद्य निकट कविहरु भन्छन्, ‘सत्ता र सिंहासन बदल्नका लागि चुनाव बहिष्कार गरौं’
सम्पादक:南亚网络电视
समय:2022-11-23 12:44

截图20221123102708

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध कविहरुले पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा उनीहरुले कविता बाचन गर्दै निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन् ।

चुनावको अवज्ञा र बहिष्कार गर्न एकजुट हुन कवि बसन्त बोगटीको आग्रह थियो । उनले भ्रष्ट दलालहरुले चुनावको नाटक गरेर मुलुकमा फेरी लुट मच्चाउन खोजेकाले चुनाव बहिष्कार गर्नुपर्ने अवस्था आएको भावसहितको कविता बाचन गरे ।

कवयित्री सुनिता बुढाथोकीले चुनावमा भोट हाल्न नजान आह्वानसहितको कविता प्रस्तुत गरिन् । चुनावलाई गरिव जनता मार्ने एम्बुसको रुपमा चित्रण गरिएको उनको कविताको सारांश थियो । कवयित्री बुढाथोकीले गरिव जनताका लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने भएकाले चुनाव बहिष्कार गर्नुपर्ने तर्क समेत कविताको माध्यामबाट व्यक्त गरिन् ।

पद, पैसा र शक्तिका लागि चुनाव लडेको भन्दै त्यसलाई बहिष्कार गर्नुको विकल्प नरहेको कवि प्रकाशचन्द्र घिमिरेले बताए । उनका कवितामा सत्ता र सिंहासन बदल्नका लागि चुनाव बहिष्कार गर्नुपर्ने भाव थियो ।

कविहरुले आ–आफ्नो कविता बाचन गर्दै गरिव जनताले सहँदै आएको पीडाको अन्त्यका लागि वर्तमान राज्य सत्ताको अन्त्य गरेर नयाँ जनवादी शासन व्यवस्था ल्याउनुपर्ने जिकीर समेत गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर