नेभिगेसन मेनु

सिनेमाघर एपमा रिलिज भयाे 'कबड्डी ४'
सम्पादक:南亚网络电视
समय:2022-11-12 11:51

 

   

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ को डिजिटल प्लेटफर्ममा प्रिमियर भएको छ। 

नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाइ गर्ने रेकर्ड बनाएको फिल्म शुक्रबारबाट ओटिटी ‘सिनेमाघर एप’ मा रिलिज भएको हो। 

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एप र फिल्मका टिमले यसबारे जानकारी दिए।

यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए। 

‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ। एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ। त्यसैले पनि ‘कबड्डी ४’ लाई हामी सिनेमाघर एपमा रिलिज गर्न लागेका हौं,’ उनले भने।

सिनेमाघरका सञ्चालक अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेले ‘कबड्डी ४’ को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे। 

उनले युट्युबभन्दा ओटिटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने बताए।

‘युट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो। त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन। अहिले सिनेमाघर निर्मातालाई युट्युबभन्दा धेरै पैसा दिन सक्ने अवस्थामा पुगिसकेको छ,’ उनले भने।

लामिछानेका अनुसार दसैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाइ गरेको छ। 

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने जानकारी दिए।

उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए। 

यस एपमा भएका फिल्महरू हेर्न पहिला सदस्य बन्नुपर्नेछ। सदस्य शुल्क वार्षिक ५०० रुपैयाँ तोकिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर