नेभिगेसन मेनु

आज १३८ औँ फाल्गुनन्द दिवस, प्रदेश १ मा सार्वजनिक बिदा
सम्पादक:南亚网络电视
समय:2022-11-11 11:44

blog

कात्तिक २५ गते नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८ औँ जन्म जयन्ती हो । प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ । 

विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिनु भएका फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ । १९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तरगत १० लिम्बुवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थाल्नुभएको थियो ।

सत्य धर्म मुचुल्कामा छोरी छोरीलाई समान शिक्षा र अंशबन्डा दिने लिने हक कायम गर्ने गराउनु पर्ने उल्लेख छ । सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गनुपर्छ । छोरीहरू देवीमाता हुन उनीहरुको बिहे गर्दा कुटुम्बवाट रीत लिनु पनि पाप हो । उनीहरुलाई दिइने दाइजोको सट्टा शिक्षा दिक्षा राम्ररी दिएर स्वलम्वि बनाइदिनु उत्तम जस्ता महत्त्वपूर्ण बुँदा  सत्यधर्ममा उल्लेख छन् ।

उहाँ २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ति भएर १३ वर्ष नोकरी पनि गर्नुभएको थियो । नोकरीवाट फर्केपछि उहाँले पाँचथर,इलाम,ताप्लेजुङ,भुटान र तेह्रथुमाका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान मार्फत ज्ञानको ज्योति पर्बाह गर्न थालेको पाइन्छ । उहाँले किराँत धर्म हाङ साम्योको थालनी गर्नुभएको थियो । जसलाई फाल्गुनन्द पन्थ भनिन्छ ।

उहाँको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर