नेभिगेसन मेनु

फिल्म 'नम्बरी सुन' मा आमेष भण्डारी अनुबन्धित
सम्पादक:南亚网络电视
समय:2022-11-05 11:37

बिहीबार निर्माण टिम र आमेषबीच लिखित सम्झौता भएको हो।

निर्देशक गिरीका अनुसार यो फिल्म ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा बन्नेछ।

मंसिर ७ गतेबाट छायांकनमा जाने फिल्मबाट द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन्। उनी लामो समयपछि फिल्ममा देखिँदै छन।

फिल्मकाे मुख्य भूमिकामा आमेष अनुबन्धित भए पनि अन्य कलाकार छनोट हुन बाँकी छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहनेछ । 

लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर